२ कार्तिक २०७८, मंगलबार

आपसी सद्भाव र प्रेमभाव प्रदर्शन गर्ने पर्व विजयादशमी : पूर्व अध्यक्ष रेग्मी

लेखाजोखा न्यूज

२८ असोज २०७८, बिहिबार ८:१९

काठमाडाैं । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले एकता, आपसी सद्भाव र प्रेमभाव प्रदर्शन गर्ने पर्व विजयादशमीले सबैलाई राष्ट्र निर्माणमा एकजुट हुन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेकाछन् ।

विजयादशमी २०७८ का अवसरमा आज एक शुभकामना सन्देश दिँदै सांस्कृतिक रुपमा समृद्ध हाम्रो नेपाली समाजमा विशेष रुपमा मनाइँदै आएको पर्व विजया दशमीको उपलक्ष्यमा सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइमा शुभकामना व्यक्त गर्दै उनले सो धारणा व्यक्त गरेका हुन् ।

उनले सुख र समृद्धिको कामनासहित शुभकामना आदानप्रदान गरिरहँदा समग्र नेपालीको आमसरोकारको विषय स्मरण भइरहेको छ भन्ने सन्दर्भ उल्लेख गर्दै कोरोनाबाट सुरक्षित होऔँ र सुरक्षित साथ दसैं मनाऔँ भन्ने आव्हान पनि गरेकाछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2021 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend