२ कार्तिक २०७८, मंगलबार

रुबी खानलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

लेखाजोखा न्यूज

२८ असोज २०७८, बिहिबार ५:१२

काठमाडौं । सर्वोच्च अदालतले बाँकेकी रुबी खानलाई रिहा गर्न आदेश दिएको छ । साथै रिहा भएपछि पुनः धरपकड नगर्न पनि भनेको छ ।

दुई हिंसाका घटनामा प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको भन्दै दबाव दिन रुबी सहितको टोली नेपालगञ्जबाट हिँडेर काठमाडौं आइपुगेको थियो । तर रुबीलाई प्रहरीले पक्राउ गरी नेपालगञ्ज पुर्‍यायो र बनिबनाउ फर्जी आरोप लगायो ।

त्यसविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले बिहीबार रुबीलाई रिहा गरी सर्वोच्चका सहरजिष्टारको जिम्मा लगाउन आदेश दिएको छ । साथै उनलाई पुनः धरपकड नगर्न पनि भनेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2021 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend