२ कार्तिक २०७८, मंगलबार

ओलीको कटाक्ष : ‘सरकार विधि र प्रक्रिया विपरीत चलेको छ’

लेखाजोखा न्यूज

२८ असोज २०७८, बिहिबार ५:०७

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार लोकतान्त्रिक विधि र प्रक्रिया विपरीत सरकार सञ्चालन भइरहेको बताएका छन ।

दसैंलगायतका चाडपर्वको अवसरमा बिहीबार आफैले झापाको बिर्तामोडमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले वर्तमान गठबन्धनको सरकार वर्तमान सरकार बार्टर सिस्टममा चलेको बताएका हुन ।

यो सरकार पनि कसरी बनेको रहेछ अहिले थाहा भएको भन्दै उनले भने, ‘पैसाको कारबाही भयो कि भएन थाहा भएन । सट्टापट्टा भएको स्पष्टै देखियो । अरु केके भएको थियो, पछि देखिएला ।’

लोकतान्त्रिक प्रणालीका शक्ति र निकायहरु आफ्नै स्थान, मर्यादा र सीमामा बस्नुपर्ने बताउदै उनले सरकारले लोकतन्त्रको माला जपेर लुटतन्त्र मच्चाएको समेत आरोप लगाए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2021 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend