२ कार्तिक २०७८, मंगलबार

बेलायतमा मध्य जुलाईपछि सबैभन्दा बढी सङ्क्रमित

लेखाजोखा न्यूज

२८ असोज २०७८, बिहिबार ४:३२

एजेन्सी । बेलायतमा कोरोना भाइरसको सङ्क्रमण पछिल्ला दिनहरुमा झन् बढेको देखिएको छ । त्यहाँका अधिकारीहरुले बुधबार यहाँ मध्य जुलाईपछिकै सबैभन्दा धेरै सङ्क्रमित देखिएको बताएका छन ।

बेलायतका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही दिनमा सङ्क्रमण झन् बढेको पाइएको बताएका हुन । त्यहाँका सरकारी अधिकारीहरूले बताएअनुसार बुधबार यहाँ गएको २४ घन्टापछि पहिलो पटक ४२ हजार जना भन्दा बढी सङ्क्रमित देखिएका हुन ।

सरकारले अघि सारेका स्वास्थ्य सम्बन्धी कार्यक्रम र अन्य मापदण्ड लगायतका प्रयासका बाबजुत पनि त्यहाँ सङ्क्रमित हुनेको दरमा कमी नआएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन। सरकारी अधिकारीले दिएको पछिल्लो जानकारीअनुसार थप ४२ हजार ६७७ जनामा एकै दिनमा सङ्क्रमण भएको छ ।

यो समेतगरी बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको संख्या ८२ लाख ७२ हजार नाघेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण एक सय ३६ जनाको मृत्यु भएको छ ।

बेलायतका स्वास्थ्य अधिकारीले निकै लामो समयपछि त्यहाँ धेरै समयपछि यतिधेरै व्यक्तिको एकै दिन मृत्यु भएको बताए ।योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ३८ हजार ८० जनाको मृत्यु भएको छ । बेलायतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये करिब सात हजारजना अझै पनि अस्पतालमै उपचाररत रहेका छन।

त्यहाँका १६ वर्षमाथिका झन्डै ९० प्रतिशत मानिसले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन। त्यसैगरी करिब ८२ प्रतिशतले दुवै मात्रा खोप लगाएका पनि स्वास्थ्य मन्त्रालयलको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2021 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend