२ कार्तिक २०७८, मंगलबार

बडादसैँले आपसी सद्भाव कायम गरी भ्रातृत्वको भावना जगाउँछ : मुख्यमन्त्री भट्ट

लेखाजोखा न्यूज

२८ असोज २०७८, बिहिबार ४:२१

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विविधताले भरिपूर्ण सुदूरपश्चिम प्रदेशवासीहरुलाई बडादसैँले एकताको सूत्रमा आबद्ध गरी विविधताका बीच एकता कायम गर्ने बताएका छन ।

प्रदेशवासीका नाममा आज शुभकामना सन्देश जारी गर्दै उनले बडादसैँले धार्मिक सहिष्णुता, आपसी सद्भाव, भ्रातृत्व कायम गरी एकापसमा खुसियाली साटासाट गर्ने अवसर प्रदान गर्ने बताएका हुन ।

विश्वव्यापी रुपमा रहेको कोभिड–१९ का कारण अझै सहज रुपमा चाडपर्व मनाउने अवस्था नभएको सन्दर्भमा स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डहरुको पालना गरी चाडपर्व मनाउन उनले प्रदेशवासीलाई अपिल गरेका छन ।

बडादसैँले आपसी, समझदारी, बन्धुत्व, सामाजिक सद्भाव तथा पारिवारिक सुमधुर सम्बन्ध कायम गर्न सघाउ पु¥याउने शुभेच्छासमेत उहाँले व्यक्त गरेका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2021 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend