६ जेष्ठ २०७९, शुक्रबार

विश्वमा २ लाख २६ हजार कोरोना संक्रमित थपिए, कुल संक्रमितको संख्या १ करोड ३३ लाख

लेखाजोखा न्यूज

२ साउन २०७७, शुक्रबार ७:२३

काठमाडौं । बिहीबार एकै दिन २ लाख २६ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका छन् । यो बुधबारको तुलनामा निकै धेरै हो ।

बुधबार विश्वमा १ लाख ८५ हजार ८३६ कोरोना संक्रमित थपिएका थिए ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा शनिबार हालसम्मकै सबैभन्दा धेरै २ लाख ३० हजार ३७० कोरोना संक्रमित थपिएका थिए ।

हालसम्म विश्वमा एक करोड ३३ लाख ७८ हजार ८५३ जनामा कोरोना संक्रमण देखिसकेको छ भने मृत्यु हुनेको संख्या ५ लाख ८० हजार ४५ पुगेको छ ।

पछिल्लो समय चीनमा कोरोना भाइरस करिब नियन्त्रणको अवस्था छ भने रुसमा घटिरहेको छ । तर, अमेरिका, ब्राजिल र भारतमा संक्रमितको संख्या निरन्तर बढीरहेको छ ।


© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend