२ कार्तिक २०७८, मंगलबार

यात्रा

लेखाजोखा न्यूज

२७ असोज २०७८, बुधबार ६:२८

डा. प्रकाशचन्द्र लोहनी

यात्रा के हो
एक बिन्दु मा सुरु
अर्को बिन्दु मा अन्त
कति लामो छ या कति छोटो छ
थाहा छैन
यहि यसको प्रकृति छ
जे छ जब सम्म छ रमाइलो छ

पुग्ने गन्तब्य मन को तरङ्ग
पुगिएला या नपुगिएला
चिन्ता किन गर्ने
पुगे राम्रो छ
नपुगे पनि यात्रा जारी छ
यात्रा आफै मा रमाइलो छ

रोकिन्छ जब यात्रा
खाल्टो को पानि जस्तो
त्यसको सुगन्ध हराउछ
पछि पछि हेर्दै गनाउ छ
कुलो खन्दै जानु पर्छ
बाटो नया खोजनै पर्छ
यात्रा को सुगन्ध जारी राखनै पर्छ

कहाँ पुगिन्छ , कसरि पुगीन्छ
या कतै नपुगिएला
यो कसले भन्ने
नियति र निर्णय को खेल
यात्रा जारी राख्नै पर्छ ।

© 2021 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend