२ कार्तिक २०७८, मंगलबार

साफ च्याम्पियनसिप : नेपालबिरुद्ध बंगलादेशलाई १-० को अग्रता

लेखाजोखा न्यूज

२७ असोज २०७८, बुधबार ५:५५

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा नेपालबिरुद्ध बंगलादेशले‍ अग्रता लिएको छ । नेपालबिरुद्ध बंगलादेशले‍ १-० को अग्रता बनाएको हो ।

खेलको ९औँ मिनेटमा बंगलादेशका सुमन रेजाले गोल गरेका हुन ।

आजको खेलमा नेपाललाई कम्तीमा बराबरी गर्नुपर्ने दबाव छ । अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनलसम्म नपुगेको नेपाललाई आजको खेलमा कम्तीमा बराबरी गरेमा पनि फाइनल पुगेर इतिहास रच्ने मौका छ ।

नेपाल ६ अङ्कसहित तालिकाको दोस्रो स्थानमा रहेको छ ।

अर्कोतिर चार अङ्कसहित चौथो स्थानमा रहेको बंगलादेशलाई पनि फाइल पुग्न जित्नैपर्ने दबाव छ । आज खेलमा जितेमा बंगलादेश फाइनल पुग्ने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2021 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend