६ जेष्ठ २०७९, शुक्रबार

कोरोना संक्रमणबाट नौ जनाको मृत्यु, मृतक संख्या तीन सय ४५ पुग्यो

लेखाजोखा न्यूज

२८ भाद्र २०७७, आइतबार ४:३६

काठमाडौं । महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट नौ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा नौ जना संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ ।

मृत्यु हुनेमा तीन जना महिला र छ जना पुरुष रहेका छन् । कोरोना संक्तमणबाट काठमाडौंमा मात्रै छ जनाको मृत्यु भएको छ । मृत्युह हुनेमा ६५ वर्षीया दुई महिला, ५९, ७०, ६४ र ५९ वर्षीय पुरुष रहेका छन् ।

यस्तै मोरङमा ६९ वर्षीय र सिन्धुपाल्चोकमा ५९ वर्षीय पुरुष तथा कास्कीमा ४५ वर्षीय महिलाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या तीन सय ४५ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend