६ जेष्ठ २०७९, शुक्रबार

देशभर एक हजार ३९ कोरोना संक्रमित थप, ११८३ संक्रमित डिस्चार्ज

लेखाजोखा न्यूज

२८ भाद्र २०७७, आइतबार ४:२४

काठमाडौं । महामारीका रुपमा फैलिएको कोरोना भाइरसका एक हजार ३९ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार एक हजार ३९ संक्रमित फेला परेका जनाएको छ ।

योसँगै देशभर कोरोना संक्रमितको संख्या ५४ हजार एक सय ५९ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट एक हजार एक सय ८३ जना डिस्चार्ज भएका छन् ।

अहिलेसम्म देशभर ३८ हजार छ सय ९७ जना संक्रमणमुक्त भइसकेका छन् । आज देशभर सक्रिय संक्रमितको संख्या १५ हजार एक सय १७ रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend