६ जेष्ठ २०७९, शुक्रबार

भूगर्भविद्ले औंल्याएका जोखिमका बस्ती सुरक्षित स्थानमा सार : देउवा

लेखाजोखा न्यूज

२८ भाद्र २०७७, आइतबार ३:४६

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहिरोको जोखिममा रहेका सिन्धुपाल्चोकका बस्तीहरु सुरक्षित स्थानमा सार्न सरकारसँग माग गरेका छन् ।

उनले सिन्धुपाल्चोक र बाग्लुङमा गएको पहिरोमा परी मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै भूगर्भविद्हरुले औंल्याएका जोखिमका बस्तीहरु सुरक्षित स्थानमा सार्न माग गरेका हुन् ।

“सिन्धुपाल्चोकमा पछिल्लो समय पटक–पटक पहिरोले क्षति गरेको तथ्य दृष्टिगत गर्दै भूगर्भविद्हरुले औंल्याएका जोखिमका बस्तीहरुका नागरिकलाई सुरक्षित स्थानान्तरण अविलम्ब गर्न प्रधानमन्त्रीजीको ध्यानाकर्षण गराउँदै सरकार समक्ष माग गर्दछु,” सभापति देउवाद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

उनले गएराति सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र बाग्लुङमा पहिरोमा परी मृत्यु घटनाप्रति दुःख व्यक्त गर्दै पहिरोमा पुरिएर वेपत्ता भएकाहरुको तीव्रताका साथ खोजी गर्न, घाइतेहरुलाई उपचारको प्रबन्ध गर्न तथा पीडितका परिवारलाई अति आवश्यक सामाग्रीहरु खाद्यान्न, लत्ता कपडा, भाडाकुडा, औष्ािध र अस्थायी बसोबासको तत्काल व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् ।

सभापति देउवाले कांग्रेसका नेता–कार्यकर्ताहरुलाई उद्वार र राहतको मानवीय कर्तव्यमा थप सक्रियताका लागि लाग्न अपिल पनि गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend