६ जेष्ठ २०७९, शुक्रबार

भारतका गृहमन्त्री शाह फेरि अस्पताल भर्ना

लेखाजोखा न्यूज

२८ भाद्र २०७७, आइतबार १:०७

नयाँ दिल्ली । भारतका गृहमन्त्री अमित शाह फेरि अस्पताल भर्ना भएका छन् । श्वास फेर्न असहज भएपछि उनी शनिवार राति दिल्लीको एम्स अस्पतालमा भर्ना भएका हुन् ।

गत महिना कोरोना संक्तमण देखिएपछि उनी गुरुग्रामको एक प्राइभेट अस्पतालमा भर्ना भएका थिए । संक्रमणमुक्त भएपछि गृहमन्त्री शाहलाई अस्पतालले डिस्चार्ज गरेको थियो ।

एम्सको मिडिया विभागले बयान जारी गरेर  संसद सत्रभन्दा अगाडि सम्पूर्ण मेडिकल चेकअपका लागि उनलाई एक–दुई दिनसम्म अस्पतालमा भर्ना गरिएको जनाएकाे छ ।

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend