२ कार्तिक २०७८, मंगलबार

थपिए ७८५ जना कोरोना संक्रमित, १२ जनाको मृत्यु

लेखाजोखा न्यूज

२५ असोज २०७८, सोमबार ६:१४

काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा ७८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

७ हजार २ सय ३३ पीसीआर परीक्षण गर्दा ६६३ जना र ४ हजार ९६२ एन्टिजेन परीक्षण गर्दा १२२ गरी ७८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ भने ८८८ जना निको भएका छन ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख २ हजार ८६१ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार २४३ पुगेको छ भने ७ लाख ७६ हजार ८३१ जना संक्रमणमुक्त भएका छन ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ७८७ जना रहेका छन । जसमध्ये १३ हजार ६२२ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार १६५ जना संस्थागत आइसोलेसनमा रहेका छन ।

कोरोनाका बिरामीमध्ये ३१४ जना आईसीयू र १११ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै २३१ जना क्वारेन्टिनमा रहेका छन ।

यस्तै १० वर्ष मुनिका २० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ४८ जना कोरोना संक्रमित थपिएका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2021 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend