२ कार्तिक २०७८, मंगलबार

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ त कारोबार ?

लेखाजोखा न्यूज

२५ असोज २०७८, सोमबार ११:४१

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक सयले घटेर ९० हजार ६०० कायम भएको छ ।

छापावाल सुन आइतबार प्रतितोला ९० हजार ७०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ ।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला ९० हजार १५० मा कारोबार हुनेछ जुन आइतबार प्रतितोला रु ९० हजार २५० मा कारोबार भएको थियो ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य आइतबारको तुलनामा पाँचले बढेको छ । चाँदी आइतबार प्रतितोला एक हजार १७५ मा कारोबार भएको थियो भने आज प्रतितोला एक हजार १८० मा कारोबार हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2021 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend