२ कार्तिक २०७८, मंगलबार

गीतकार प्रकाश सुवेदीको ‘सिप सिकौं दक्ष बनौं’ गितको म्यूजिक भिडियो सार्वजनिक

लेखाजोखा न्यूज

२३ असोज २०७८, शनिबार १:३६

काठमाडौं । गीतकार प्रकाश सुवेदीको परिकल्पना र शब्द, हरि लम्सालको सङ्गीत, मेलिना राई र हरि लम्सालको स्वरमा रहेको गीत ‘सिप सिकौं दक्ष बनौं’ को म्यूजिक भिडियो भर्खरै नेपाली साङ्गीतिक बजारमा सार्वजनिक भएको छ।

सिपमूलक तालिम लिएर दक्ष व्यक्ति बन्न सकियो भने आफ्नो भाग्य निर्माण गर्न र समृद्धिको बाटो खन्न आफैं सकिन्छ र संसारको कुनै पनि कुनामा गएर दुख पाउन पर्दैन भन्ने भाव बोकेको गीतको निशान घिमिरेले निर्देशनर सम्पाद, निशाल पौडेलले छायाङ्कन र सुष्मा निरौला, घनश्याम जोशी, सचिन मल्ल, सञ्चारिका सुवेदी, सम्पदा सुवेदी लगाएतका कलाकारहरुले अभिनय गरेका छन्।

सभ्य सिर्जना प्रालिको प्रस्तुति व्यवस्थापन रहेको गीति भिडियोलाई वैदेशिक रोजगार बोर्डको सचिवालयको सहयोगमा निर्माण गरिएको हो।

समाजको एउटा पेरतिनीधि पात्रले संमृद्ध जीवन निर्माणका लागि गरेका विभिन्न संघर्षका चरणहरुलाई अति कलात्मक तरिकाले प्रस्तुत गरिएको भिडियोले आशा छ समाजमा राम्रै सन्देश दिने छ।

हेर्नुहोस् म्यूजिक भिडियो :

© 2021 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend