२ कार्तिक २०७८, मंगलबार

रामचन्द्र पौडेलले पार्टी हाक्न सक्दैनन् : सुजाता कोईराला

लेखाजोखा न्यूज

२३ असोज २०७८, शनिबार ६:४०
sujata

काठमाडौं। मन्त्रिमण्डलमा नाम नपरेपछि सुजाता कोइराला वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालाप्रति असन्तुष्ट बनेकी छन् । कोइरालाले मीनेन्द्र रिजालको नाम सिफारिश गरेपछि उनी झन् आक्रोशित बनेकी हुन् ।

नेपाली काँग्रेसकी प्रभावशाली नेतृ सुजाता कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई कुनैपनी हालतमा साथ नदिने बताएकी छन। उनले पौडेलको कार्यशैली पार्टी, देश र जनताको हितविपरित भएको भन्दै आक्रोस समेत पोखेकी छन् ।

‘रामचन्द्र पौडेल र सशांक कोइरालालाई साथ दिन्नँ,’ पूर्वउपप्रधानमन्त्री समेत रहेकी कोइरालाले भनिन्,‘पौडेल र सशांक दुवैसँग काँग्रेसलाई हाँक्ने क्षमता छैन् ।’ उनले पौडेलको भूमिकामाथि समेत प्रश्न गर्दै सभापति बन्न नसक्ने ठोकुवा गरिन् ।

महामन्त्री डा. सशांक कोइरालाप्रति पनि सुजाताले आक्रोश पोखेकी छिन् । उनले कोइराला महामन्त्री भएर पनि कुनै क्षमता देखाउन नसकेको आरोप लगाइन् ।
उनले भनिन्,‘रामचन्द्र पौडेल र सशांक कोइराला दुवैजना सभापतिका लागि योग्य छैनन् र हुन पनि सक्दैनन् ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2021 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend