२ कार्तिक २०७८, मंगलबार

कानूनमन्त्री बडुद्वारा पदभार ग्रहण

मलाई पूर्णरूपमा सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा राखेको छु : मन्त्री बडु

लेखाजोखा न्यूज

२२ असोज २०७८, शुक्रबार ८:३८

काठमाडाैं । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले सिंहदबारस्थित मन्त्रालयमा पुगी पदभार ग्रहण गरेका छन् ।

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आजै सपथ ग्रहपछि उनले मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै विशेष परिस्थितिमा बनेको सरकार भएकाले सबैलाई सहयोग गर्न आग्रह गरे ।

No description available.

“यो सरकार विशेष समयमा बनेको हो, यसका निश्चित कार्यभार छन्”, मन्त्री बडुले भने, “मलाई पूर्णरूपमा सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा राखेको छु ।” मन्त्रालयका सचिव उदयराज सापकोटाले कानून बमोजिम गर्न मिल्ने काममा सबै कर्मचारीले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

No description available.

मन्त्री बडु विसं २०६४ मा सञ्चार राज्यमन्त्री बनेका थिए । उनले नेपाली कांग्रेसकोे प्रवक्ताको जिम्मेवारी निर्वाह गरीसकेकाछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2021 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend