२ कार्तिक २०७८, मंगलबार

दिलेन्द्रप्रसाद बडुलाई कानून मन्त्रीको जिम्मेवारी : गृह जिल्लामा खुशीयाली

लेखाजोखा न्यूज

२२ असोज २०७८, शुक्रबार ६:०४

दार्चुला । नेपाली कांग्रेस दार्चुलाले प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका प्रभावशाली नेता दिलेन्द्र प्रसाद बडु कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त भएको खुशीयालीमा पार्टी कार्यालय खलंगामा दीप प्रज्वलन गर्ने भएको छ ।

मन्त्री बडूले महत्वपुर्ण मन्त्रालयको जिम्मेवारी पाएको खुशीयालीमा कांग्रेस दार्चुलाले पार्टी कार्यालयमा कार्यकर्ता भेला गराएर एक आपसमा शुभकामना व्यक्त गर्ने कार्यक्रम तय गरेको सभापति ललित सिंह बोहराले जानकारी दिएका छन ।

कानुन मन्त्री बडू २०७४ सालको निर्वाचनमा समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य बनेका हुन ।

कानुन मन्त्री बडू यसअघि २०४८ सालमा प्रजातन्त्र पुर्नबहाली भएपछि पहिलो पटक आवास तथा भौतिक योजना सहायक मन्त्रि बनेका थिए, भने २०५६ सालमा शिक्षा तथा खेलकुद राज्यमन्त्री तथा ६२-६३ सालको जनआन्दोलन पश्चात गठन भएको सरकारको सुचना तथा संचार राज्यमन्त्री बनेका थिए ।

मन्त्री बडूले सोही समयमा तत्कालिन वनमन्त्री गोपाल राइको निधनपछि वन मन्त्रालयको र सरकारको प्रवक्ताको जिम्मेवारी समेत सम्हालेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2021 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend