२ कार्तिक २०७८, मंगलबार

प्रतितोला रु २०० ले बढ्यो सुनको मूल्य

लेखाजोखा न्यूज

२२ असोज २०७८, शुक्रबार १:०६

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २०० ले बढेर ९० हजार ६०० कायम भएको छ ।

छापावाल सुन बिहीबार प्रतितोला ९० हजार ४०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुन प्रतितोला ९० हजार १५०मा कारोबार भएको छ जुन बिहीबार प्रतितोला ८९ हजार ९५० मा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य स्थिर छ । चाँदी बिहीबार प्रतितोला एक हजार १७० मा कारोबार भएको थियो भने आज पनि सोही मूल्यमा कारोबार भएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2021 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend