२ कार्तिक २०७८, मंगलबार

सुबिसुले ल्यायो दसैंको अवसरमा “दक्षिणा अफर”

लेखाजोखा न्यूज

२१ असोज २०७८, बिहिबार १:२६

काठमाडौं । केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबल नेट लिमिटेडले बडा दसैंको उपलक्ष्यमा सुबिसु “दक्षिणा अफर” ल्याएको छ ।

यस अफर अन्तर्गत ग्राहकहरुले ५० एम.बि.पी.एस इन्टरनेटको वार्षिक सेवा मात्र रु.१३९९९ मै प्राप्त गर्ने छन । अन्य जडान शुल्क र कर पनि सोही रकममै समावेश गरिएकाले ग्राहकहरुले थोरै शुल्कमै धेरै लाभ प्राप्त गर्नसक्ने सुबिसुले जनाएको छ ।

यसका साथ साथै ग्राहकहरुले वार्षिक सेवाको भुक्तानी इ सेवा मार्फत गर्दा थप एक हजार क्यासब्याक प्राप्त गर्नसक्ने छन । यसका लागि ग्राहकहरुले भुक्तानी गर्दा प्रोमो कोड ‘उपहार’ प्रयोग गर्नुपर्ने छ ।

चाडवाडलाई लक्षित गर्दै गुणस्तरीय सेवा सहुलियत रकममा प्रदान गर्ने उद्धेश्यका साथ यो अफर ल्याइएको सुबिसुले बताएको छ ।

अफर निश्चित अवधिका लागि लागू गरिएकाले शर्त तथा नियमहरु लागु हुने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2021 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend