५ असोज २०८०, शुक्रबार

नियमित उडान नभएका मुलुकमा अन्तर्राष्ट्रिय उडान थप गरिने

लेखाजोखा न्यूज

२५ भाद्र २०७७, बिहिबार ४:११

काठमाडौं । सरकारले नियमित उडान नभएका मुलुकहरुमा पनि अन्तर्राष्ट्रिय उडान थप गर्ने भएको छ । उपप्रधान मन्त्री, पररास्ट्र मन्त्री, पर्यटन मन्त्री र श्रम मन्त्रीका बीचमा भएको छलफल पश्चात प्रधानमन्त्री र उपप्रधानमन्त्री बीचको उच्चस्तरीय परामर्शबाट अन्तर्रास्ट्रिय उडानको संख्या थप गर्ने समझदारी भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका अनुसार नियमित उडान नभएका मुलुकमा पीसीआर रिपोर्ट नेगेटिभ भएका यात्रुका लागि मागका आधारमा उडान संख्या थप गरिने भएको हो । त्यस्तै पीसीआर नेगेटिभ भएका यात्रु मात्र ल्याउने गरी नियमित उडान भएका मुलुकमा एअरलाइन्सले थप उडान माग गरेमा अनुमति प्रदान गरिने छ ।

कुनै कम्पनीले कम्पनी कै खर्चमा कामदारलाई नेपाल फर्काउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमती प्रदान गरिने मन्त्री भट्टराईले जानकारी दिए । श्रम कल्याणकारी कोषबाट उद्धार गर्नुपर्नेका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको नियोगसँग समन्वयमा उडानको व्यवस्था गरिने छ ।

विदेशी भूमिमा अप्ठ्यारो अवस्थामा रहेका नेपालीहरुप्रति सरकार संवेदनशील रहेको र उनीहरुको स्वदेश फिर्तीका लागि सरकारले सक्दो प्रयास गरिरहेको र सरकारले आफ्नो प्रयत्न बढाउदै लाने मन्त्री भट्टराईको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend