५ असोज २०८०, शुक्रबार

एसिड प्रहार गर्नेमाथि कारबाहीका लागि कानुन मस्यौदा गर्न प्रधानमन्त्रीको निर्देशन

लेखाजोखा न्यूज

२५ भाद्र २०७७, बिहिबार ३:५४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब (एसिड) पीडितहरूले माग गरेअनुरूप अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत् तत्काल नयाँ कानुन बनाइने बताएका छन् । उनले १५ दिनभित्र कानुन मस्यौदा गरिसक्न पनि कानुनमन्त्री र सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले अपराधीको सम्पत्ति रोक्का गरी उपचार गर्ने र क्षतिपूर्ति भराउने, भरणपोषण गर्ने, पीडितलाई छिटो अस्पताल पु¥याएर उपचार गर्न सबैले सघाउनुपर्ने व्यवस्था गरिने बताएका छन् ।

बिहीबार देशभर एसिड आक्रमणका घटनाहरूमा परेकामध्ये १२ जना पीडितहरू सहभागी कार्यक्रममा प्रधानमन्त्रीले वीर र शिक्षण अस्पतालमा उपचारको प्रबन्ध मिलाउने, पीडितहरूको सम्पूर्ण खर्च सरकारले बेहोर्ने र नियमित प्रयोग गर्नुपर्ने औषधिको खर्चसमेत सरकारले गर्ने घोषणा गरेका छन् ।

आक्रमणकापछि पढ्न चाहनेहरूका लागि निःशुल्क पठनपाठनको प्रबन्ध सरकारले गर्ने उनले बताए । साथै, उचित तालिम, रोजगारी, व्यवसाय र जिविकाको प्रबन्ध सरकारले मिलाउने समेत प्रधानमन्त्रीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend