काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिबारे निर्णय गर्न बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शुक्रबार बस्ने स्थायी कमिटी बैठकको तयारीमा व्यस्त भएका कारण बिहीबार बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको हो ।
बिहीबार साँझ बोलाइएको मन्त्रिपरिषद् बैठकले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति गर्ने बताइएको थियो ।
ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिका बारेमा यसअघि नै मन्त्रिपरिषद् बैठकमा छलफल गरिसकेका छन् ।
बिहीबार साँझ बोलाइएको मन्त्रिपरिषद् बैठकले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति गर्ने बताइएको थियो ।
बिहीबार स्थगित भएको मन्त्रिपरिषद् बैठक शुक्रबार बस्ने भएको छ । बैठकले सरकारको प्रवक्ता तोक्ने र केही मुलुकका लागि राजदूत सिफारिस गर्ने पनि बताइएको छ ।