२ कार्तिक २०७८, मंगलबार

फेसबुक सहित ह्वाट्सएप, इन्स्टाग्राम र म्यासेञ्जर सबै एकसाथ डाउन

लेखाजोखा न्यूज

१९ असोज २०७८, मंगलबार ६:३४
facebook

काठमाडौं । फेसबुक सहित कम्पनीका सबै एपको सेवा डाउन भएको छ । सोमबार फेसबुकसँगै ह्वाट्सएप, इन्स्टाग्राम र म्यासेञ्जरको सेवा एक्कासी अवरुद्ध भएपछि करिव ६ घन्टा सेवा अवरुद्ध भएको हो ।

सोमवार राती विश्वका अधिकांस देशमा फेसबुक, म्यासेञ्जर, ह्वाट्सएप र इन्स्टाग्रामको सेवा पूर्णतः बन्द भएको छ ।

डाउन डिटेक्टरमा गरिएको रिपोर्ट अनुसार नेपाल सहित एसिया, अमेरिका, युरोप लगायतका विभिन्न देशमा कम्पनीको सेवा अवरुद्ध भएको हो ।

डाउन डिटेक्टरमा ठूलो संख्यामा प्रयोगकर्ताले फेसबुक डाउन भएको रिपोर्ट गरेका छन् ।

फेसबुकको सेवा अवरुद्ध भएको केही मिनेटमै हजारौले त्यसको रिपोर्ट डाउन डिटेक्टरमा गरेका हुन् । करिव ६ घण्टापछी सेवा पुनः सुचारु भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2021 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend