५ असोज २०८०, शुक्रबार

बीपी जयन्तीको अवसरमा तरुण दलद्वारा वीर र पाटन अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

लेखाजोखा न्यूज

२४ भाद्र २०७७, बुधबार १०:४८

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन नेता बीपी कोइरालाको १०७ औं जन्मजयन्तीको अवसरमा नेपाल तरुण दलले ललितपुर र काठमाडौंका दुई अस्पतालहरुमा स्वास्थ्य सामग्री वितरण गरेको छ ।

नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री कोइरालाको जन्मजयन्तीको अवसरमा तरुण दलले बुधबार बिहान कोरोना भाइरसविरुद्ध अग्रपंक्तिमा लडिरहेका स्वास्थ्यकर्मीहरुका लागि मास्क, पीपीई र फेस सिल्ड वितरण गरेको हो ।

जनताको स्वास्थ्य रक्षाको लागि आफ्नो ज्यान जोखिममा राखेर सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीको सुरक्षालाई मध्यनजर गर्दै ललितपुरको पटन अस्पताल र काठमाडौंको वीर अस्पतालमा स्वास्थ्य सामग्री प्रदान गरिएको अध्यक्ष जीतजंग बस्नेतले जानकारी दिए ।

उनकाअनुसार तरुण दलले पाटन अस्पतालको हाडजोर्नी विभाग र वीर अस्पतालको नाक, कान, घाटी विभागलाई एक–एक हजार थान मास्क, २०–२० थान पीपीई सेट र २०–२० थान फेस शिल्ड हस्तान्तरण गरिएको हो ।

अध्यक्ष बस्नेतले प्रेस विज्ञप्ति जारी गरेर तरुण दललाई स्वास्थ्य सामाग्री उपलब्ध गराउने कांग्रेस काठमाडौं क्षेत्र नं ३ का महासमिति सदस्य हरिबोल भण्डारी र मेन्ज फाउन्डेसनका अध्यक्ष मेन्ज खानलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend