बलिउड अभिनेत्री रिया चक्रवर्ती गिरफ्तार

लेखाजोखा न्युज
२३ भाद्र २०७७, मंगलवार १६:५७

नयाँ दिल्ली । बलिउड अभिनेत्री रिया चक्रवर्ती पक्राउ परेकी छन् । उनलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले पक्राउ गरेको हो ।

रियाको गिरफ्तारीको पुष्टि न्युज एजेन्सी एएनआईले नार्कोटिक्स कन्ट्रोल ब्युरोको डिपुटी डायरेक्टर केपीएस मल्होत्रालाई उद्धृत गर्दै गरेको छ ।

अभिनेता सुशान्त सिंह राजपुतको ‘आत्महत्या’ प्रकरणमा लागु पदार्थ जोडिएपछि एनसीबी केही दिनदेखि रियासँग बयान लिइरहेको थियो । उनका भाइ शौविक चक्रवर्तीलाई एनसीबीले यसअघि नै पक्राउ गरिसकेको थियो ।

सेप्टेम्बर ६ मा शौविक चक्रवर्तीसँगै सुशान्त सिंह राजपुतका म्यानेजर स्यामुएल मिरान्डालाई पनि एनसीबीले पक्राउ गरेको थियो ।