११ असोज २०८०, बिहिबार

अभिनेत्री प्रियंका कार्कीलाई पुत्रीलाभ

लेखाजोखा न्यूज

६ असोज २०७८, बुधबार १:४३

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीलाई पुत्रीलाभ भएको छ ।

सामाजिक सञ्जालमा एक तस्विर पोस्ट गर्दै उनले यसबारे जानकारी दिएकी हुन् ।

श्रीमान् आयुष्मान देसराजसँगै बसेर छोरीलाई काखमा राखेको फोटो सेयर गर्दै उनले यसबारे जानकारी गराएकी हुन् ।

छोरीलाई संसारमा स्वागत गर्दै प्रियंका लेख्छिन्, “हाम्री प्यारी परी । यो संसार अनि हाम्रो ९आयुष्मान र प्रियंका० जीवनमा स्वागत छ तिमीलाई ।”

उनले छोरीको नाम पनि सार्वजनिक गरेकी छन् । उनले छोरीको नाम आयाङ्का कार्की जोशी नाम दिएकी छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend