२ कार्तिक २०७८, मंगलबार

मन्त्री छनोटका लागि देउवाले बोलाए पदाधिकारी बैठक

लेखाजोखा न्यूज

५ असोज २०७८, मंगलबार ९:३०

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीको बैठक बोलाएका छन् । प्रधानमन्त्री समेत रहेका देउवाले बुधबार दिउँसो तीन बजे आफ्नो निजी निवास बूढानीलकण्ठमा बैठक बोलाएका हुन् ।

मन्त्री छनोटका लागि बैठक बोलाइएको एक नेताले जानकारी दिए । मंगलबार बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले नेता नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने प्रस्ताव राखेका थिए ।

गठबन्धनको बैठकमा खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति भएपछि देउवाले पदाधिकारी बैठक बोलाएको बुझिएको छ । खड्का काँग्रेसमा सबै पक्षले मान्य नेता हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2021 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend