२ कार्तिक २०७८, मंगलबार

चिनले नेपाली भुमि अतिक्रमण गरेकै हो !

चीनले अन्य चार जिल्लाका ११ ठाउँमा नेपाली भूमि मिचेको छ

लेखाजोखा न्यूज

५ असोज २०७८, मंगलबार ८:३६

जनकबहादुर शाही

हुम्ला । मन्त्रालयको प्रतिवेदनअनुसार चीनले अन्य चार जिल्लाका ११ ठाउँमा नेपाली भूमि मिचेको छ । कृषि मन्त्रालयले हरेक वर्ष मुलुकको कृषियोग्य भूमि घटे/बढेको प्रतिवेदन तयार पार्छ, त्यही क्रममा कृषियोग्य भूमि चीनको अतिक्रमणमा परेको भेटिएको हो ।

No description available.

प्रतिवेदनअनुसार हुम्लाको भागदारे खोलामा ६ हेक्टर, कर्णाली नदीमा ४ हेक्टर, रसुवाको सान्जेन खोलामा २ हेक्टर, भुर्जुग खोलामा १ हेक्टर, जम्बु खोलामा ३ हेक्टर, सिन्धुपाल्चोकको खराने खोलामा ७ हेक्टर, भोटेकोसीमा ४ हेक्टर, संखुवासभा सुमजुग खोलामा ३ हेक्टर, कामखोलामा २ हेक्टर र अरुण खोलामा ४ हेक्टर चीनको अतिक्रमणमा परेका छन् ।

No description available.

रसुवाको लेम्दे खोलामा समेत केही भूभाग चीनको अतिक्रमणमा परेको छ तर कति भूमि भनेर कषि मन्त्रालयले उल्लेख गरेको छैन ।

No description available.

नेपाल-चीनबीच १४१४.८८ किलोमिटर सीमा छ । नेपाल र चीनको भूभाग छुट्टयाउने ९८ सीमास्तम्भ छन् । जिल्ला प्रशासन कार्यालय हुम्लामा भएको रेकर्ड अनुसार ३, ४, ५(१), ६(१), ७(१), ८(१), ९(१), १०, ११ र १२ नम्बरका मुख्य पिल्लर हुन भने ५(२), ६(२) ७(२), ८(२) र ९(२) नम्बका पिल्लर सहायक पिल्लर १५ वटा पिल्लर हुम्लामा रहेका भए पनि ३ र ४ नम्बर पल्लिर निकै उचाई र जटिल ठाउमा रहेकाले पिल्लरको अबस्था थाहा हुन नसकेको भने हिल्साको किटमा रहेकोे, ५ (१), ५ (२) र ६ ( १), नम्बर पिलरलाई आफ्नोतिर पारि नेपाली भुमीमा घेरवार गरेको, ५(२) को पुरानो जंगि पिल्लर उखेलेर खोलामा फालेको ७ (२) नम्बर पिलर कता छ पत्ता लगाउने अबस्था नभएको, ९(२) नम्बर पिलरमा दशगजाको नियम बिपरित आफ्नो घेरवार गरेको र लिमिको लाप्चा क्षेत्रको दाहिने लाप्चामा रहेको १२ नम्बर पिलर पुन निर्माण गरी नेपाली भुमी अतिक्रमण गरेको अध्यनका क्रममा पाईएको छ । जुन कुरा तस्वीरहरु बाट पनि चिनले हाम्रो नेपाली भुमी मिचेको छर्लङग हुन्छ ।

No description available.

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2021 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend