२ कार्तिक २०७८, मंगलबार

गुमनाम गायीका विष्णु माझीलाई जनसेवाश्री पदवीबाट सम्मान गरिने

लेखाजोखा न्यूज

३ असोज २०७८, आइतबार १०:२८

काठमाडौं । संविधान दिवसका अवसरमा विभिन्न कलाकारहरुले समेत मानपदवी, अलंकार र पदक पाएका छन्।

यो वर्ष पदक पाउने कलाकारको सूचीमा गायिका विष्णु माझीसमेत रहेकी छन्। गुमनाम जीवन बाँचिरहेकी माझीलाई प्रबल जनसेवाश्री पदवीबाट सम्मान गरिने भएको हो।

धेरै चर्चित गीत गाइसकेकी माझी हालसम्म सार्वजनिक रुपमा देखिएकी छैनन्। पछिल्लो समय तीज विशेष ‘चरी जेलैमा’ बोलको गीत चर्चित भएपछि उनको धेरै खोजी भएको छ।

 

 

 

 

© 2021 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend