२ कार्तिक २०७८, मंगलबार

गजल

रमेश प्रभात

२ असोज २०७८, शनिबार १:२८

रमेश प्रभात, चितवन 

तिम्रो मुस्कान देखेर नै त ऊ फिदा भयो,
पहिला ऊ टेढो थियो पछि सिधा भयो ।

दु:ख मात्र हैन रैछ सुख पनि मिल्दा,
दङ्ग थियो जिन्दगीमा केको लीला भयो ?

सादा थियो जिन्दगानी रङ्ग घोल्यौ तिम्ले,
तिमी टाढा भएपछि फेरि फिका भयो ।

आफूलाई सिङ्गो रूख ठानी बसेको थ्यो,
बज्रपात परेपछि कस्तो झिँजा भयो ?

आँखाबाट वर्षे झरी बगाएर सक्दा,
मैनबत्तीको प्रदीप्त तातो शिखा भयो ।

© 2021 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend