५ असोज २०७८, मंगलबार

केशव निरौलाको अध्यक्षतामा भूमि आयोग गठन

लेखाजोखा न्यूज
३० भाद्र २०७८, बुधबार १९:०५

काठमाडौं । सरकारले केशव निरौलाको अध्यक्षतामा राष्ट्रिय भूमि आयोग गठन गरेको छ ।

यसअघिको आयोग खारेज गरेको सरकारले मंगलबार निरौलालाई अध्यक्षमा नियुक्त गरेको हो ।

आयोगका नवनियुक्त अध्यक्ष निरौलाले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सपथ लिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सपथ ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष निरौलाले आफूले सुकुम्वासीका समस्याहरुलाई हटाउन प्रयत्न गर्ने बताएका छन् ।

निरौला नेपाल शिक्षक संघका पूर्व केन्द्रीय अध्यक्ष पनि हुन् । यसैगरी सरकारले नयन्द्र खड्कालाई उपाध्यक्ष बनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार