५ असोज २०७८, मंगलबार

प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, नवनियुक्त दुई मन्त्री र तीन राज्यमन्त्रीले लिए शपथ

लेखाजोखा न्यूज
३० भाद्र २०७८, बुधबार १९:०२

काठमाडौं । प्रदेश १ का नवनियुक्त दुई मन्त्री र तीन राज्यमन्त्रीले शपथ लिएका छन् ।

बुधबार साँझ एक समारोहबीच प्रदेश प्रमुख सोमनाथ अधिकारीसँग नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

तुलसीप्रसाद न्यौपानेले आर्थिक मामिला तथा योजना मन्त्री, हिरा थापाले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको शपथ लिएका छन् भने

लिलावल्लभ अधिकारीलेआन्तरिक मामिला तथा कानुन राज्यमन्त्री, ज्ञानेश्वर राजववंशीले भूमि व्यवस्था, कृषि राज्यमन्त्री र उत्तमकुमार बस्नेतले उद्योग, पर्यटन, वन, वातावरण राज्यमन्त्रीमा शपथ लिएका छन् ।

नवनियुक्त दुई मन्त्री र तीन राज्यमन्त्रीलाई मुख्यमन्त्री भीम आचार्यले बुधबार नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गर्दै शपथ ग्रहण गराएका हुन ।

प्रतिक्रिया
सम्बन्धित समाचार