६ असोज २०७८, बुधबार

नेपालमा “वालेट”प्रयोगकर्ताको संख्या बढ्दै

लेखाजोखा न्यूज
३० भाद्र २०७८, बुधबार १८:०८

काठमाडौं । सूचना प्रविधिको बढ्दो प्रयोगसँगै “वालेट”का प्रयोगकर्ताको संख्या नेपालमा व्यापक रुपमा बढ्दै गएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार यही २०७८ सालको असार महिनासम्ममा देशभर ८८ लाख ८५ हजार ९ सय १४ जनाले यो सेवा प्रयोग गरिरहेका छन् । जेठ महिनामा यो संख्या ८५ लाख ६८ हजार ७ सय ५ थियो अर्थात् एकै महिनामा तीन लाख १७ हजार २ सय ९ जना वालेट सेवामा जोडिएका थिए ।

त्यस्तै, असारमा मात्र वालेटबाट करिब १२ अर्ब ७९ करोड रुपैयाँको कारोबार भएको छ । जबकी जेठ महिनामा आठ अर्ब ३५ करोड ३० लाखको कारोबार भएको थियो । माथिका दुई विवरणले वालेट प्रयोगकर्ताको संख्या र कारोबार रकम दुबैमा उल्लेख्य वृद्धि भइरहेको देखाउँछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार