५ असोज २०७८, मंगलबार

पर्सामा कक्षा १२ को परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

लेखाजोखा न्यूज
३० भाद्र २०७८, बुधबार १७:५६

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकामा कक्षा १२ को परीक्षामा सहभागी एक नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सागढी नगरपालिका–८ का २० वर्षीय राजचन्द्र दास रहेका छन् ।

बुधबार भएको कक्षा १२ को अंग्रेजी विषयको परीक्षा दिन गएको बेला उनि पक्राउ परेका हुन् ।

उनी सन्दीप दासको सट्टामा परीक्षा दिएको पाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

प्रहरी चौकी बढनियारको टोलीले परीक्षा हलमा प्रवेश गरेर चेक गर्दा सन्दीपको प्रवेश पत्र लिएर राजकुमारले परीक्षा दिइरहेको पाइएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार