५ असोज २०७८, मंगलबार

निर्माण व्यवसायमा धेरै श्रमिक ठगिएको गुनासो छ :अर्थमन्त्री शर्मा

लेखाजोखा न्यूज
३० भाद्र २०७८, बुधबार १७:४४

काठमाडौं । अर्थमन्त्री जनाद्र्धन शर्माले निर्माण व्यवसाय क्षेत्रमा श्रमिक ठगिने गुनासो बढ्दै गएकाले त्यसप्रति ध्यान दिन आग्रह गरेका छन् ।

नेपाल राष्ट्रिय निर्माण व्यवसायी सङ्गठनको १२औँ साधारणसभा एवं पाँचौँ अधिवेशनको आज उद्घाटन गर्दै उनले श्रमिकलाई काममा लगाएपछि उनीहरुले पाउने उचित ज्याला अनिवार्य रुपमा दिन निर्माण व्यवसायीलाई आग्रह गरेका हुन् ।

उनले भने, “असल कामदार बिनाको काम सम्पन्न गर्न निकै चुनौती हुने भएकाले तपाईहरु उहाँहरुको सम्मान गर्दै अघि बढ्नुपर्ने र यस क्षेत्रको समस्या समाधानका लागि निर्माण व्यवसायीको आचारसंहिता निर्माण गर्न जरुरी छ ।”

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले हरेक व्यवसायीले आफूले जिम्मा लिएको काम समयमै गुणस्तरीयताका साथ सम्पन्न गर्नुपर्ने उल्लेख गर्दै यसले मुलुकमा समृद्धि हासिल गर्ने बताईन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार