५ असोज २०७८, मंगलबार

प्रदेश–१ मा मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री आचार्य, दुई मन्त्री र तीन राज्यमन्त्री थपिने

लेखाजोखा न्यूज
३० भाद्र २०७८, बुधबार १७:२८

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । मुख्यमन्त्री आचार्यले बुधबार दुई जना मन्त्री र तीन जना राज्यमन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।

स्रोतका अनुसार तुलसीप्रसाद न्यौपाने र हिराकुमार थापालाई मन्त्री बनाउने तयारी मुख्यमन्त्री आचार्यको रहेको छ ।

यस्तै ज्ञानेश्वर राजवंशी, उत्तम बस्नेत र लीलाबल्लभ अधिकारीलाई राज्यमन्त्री बनाउने तयारी छ । तर राज्यमन्त्री बन्न आचार्यले गरेको आग्रहलाई तीन सांसदले अस्वीकार गरेको एमाले स्रोतले जनाएको छ ।

एमाले सांसद लीलाबल्लभ अधिकारीले साढे ५ बजे प्रदेश प्रमुखको कार्यालयमा बोलाइएको बताए । प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले मन्त्रिपरिषद् विस्तार आजै हुने बताए ।

यसैबीच प्रदेशसभाको अधिवेशन असोज २२ मा बोलाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार