५ असोज २०७८, मंगलबार

पोखराका स्कुल असोज १ बाट खुल्ने

लेखाजोखा न्यूज
३० भाद्र २०७८, बुधबार १६:०३

पोखरा। पोखरा महानगर क्षेत्रका निजी तथा सामुदायिक स्कुलहरु असोज १ देखि खुल्ने भएका छन् । महानगरको नगर शिक्षा समितिको आइतबार बसेको बैठले स्कुल खोल्न दिने निर्णय गरेको हो ।

पोखरा नगरपालिकाले जारी गरेको सूचना अनुसार स्कुल सञ्चालन गर्दा कक्षाकोठा, फर्निचर, शौचालय, यातायातका साधन तथा विद्यालय प्रांगण पूर्णरुपमा निर्मलीकरण गरेर मात्र सञ्चालन गर्न पाइनेछ ।

विद्यालयमा मास्क, साबुन, पानी, सेनिटाइजर अनिवार्य गरिएको छ ।

विद्यालय खुले पनि नियमित प्रार्थना, खेलकुद लगायत भिडभाड हुने कार्यक्रम नगर्न महानगरको सूचनामा उल्लेख गरिएको छ । गण्डकीका बागलुङ, पर्वत, म्याग्दी लगायत जिल्लालेसमेत असोजदेखि भौतिक उपस्थितिमा नियमित पठनपाठन सुचारु गर्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार