६ असोज २०७८, बुधबार

१ नम्बर प्रदेश सभाको हिउँदे अधिवेशन असोज २२ गते सिफारिस

लेखाजोखा न्यूज
३० भाद्र २०७८, बुधबार १६:०३

काठमाडौंं। प्रदेश १ सरकारले विश्वासको मतको प्रक्रिया शुरु गर्न असोज २२ गते प्रदेश सभाको हिउँदे अधिवेशन बोलाउन सिफारिस गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले असोज २२ गते शुक्रबारका लागि ९औं तथा हिउदे अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको सामाजिक विकास मन्त्री बल बहादुर साम्सोहाङले जानकारी दिए ।

सो अधिवेशनमा प्रदेश सरकारले विश्वासको मत लिने प्रक्रिया थाल्ने मन्त्री साम्सोहाङले बताए । उनले नेकपा एमालेका १० जना सांसदहरुले नेकपा एकीकृत समाजवादी रोजेपछि संवैधानिक रुपमा ३० दिन भित्रमा विश्वासको मत लिनुपर्ने भएकाले प्रदेश सभाको अधिवेशन आव्हान गर्ने निर्णय गरेको बताए ।

यसैगरी मन्त्रिपरिषद् बैठकले प्रदेश लोकसेवा आयोग र प्रदेश योजना आयोगको प्रतिवेदन पास गरेको मन्त्री साम्सोहाङले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार