५ असोज २०७८, मंगलबार

घनश्याम भुसाल भन्छन् : अहिले एमाले अप्ठेरोमा छ

लेखाजोखा न्यूज
३० भाद्र २०७८, बुधबार १५:४४

काठमाडौं । नेकपा एमालेका उप–महासचिव घनश्याम भुसालले पार्टी अप्ठेरोमा रहेको टिप्पणी गरेका छन्।

बुटवलमा आयोजित कार्यक्रममा बोल्दै भुसालले नेकपा एमाले फुटका कारण अप्ठेरोमा रहेको बताए। पार्टीका लागि बलिदान गर्ने मदन भण्डारीजस्ता नेताको योगदानका कारण ठुलो चोटपछि पनि एमाले अझै राष्ट्रको सबैभन्दा ठिलो शक्ति भएको दाबी गरे।

‘हामी धेरै अप्ठेरोमा छौ। कहाँ थियौ काहाँ खसेका छौ। नेकपा एमालेको सबभन्दा ठुलो र प्रभावकारी भूमिका खेल्नुपर्ने ठाउँमा छौ। आज पनि हामी राष्ट्रिय शक्ति हौ। हामी मात्तिने र आतिने होइन,’ उनले भने।

एमाले आन्तरिक समस्याको समाधानका लागि पर्‍याप्त लोकतान्त्रिक अभ्यासको खाँचो भएको भुसालले बताए।

लोकतन्त्रिक समाजवादमा जान दलाल पुजिवादले असर गरिरहेको भुसालको टिप्पणी छ। दलाल पुजीवाद पार्टीहरुभित्र पनि हावी भएको उनले बताए। अब दलाल पुजीवादविरुद्ध पार्टीभित्र र पार्टी बाहिर लड्नुपर्ने बताए।

उनले त्यसका विरुद्ध एमाले मात्रै लडन नसक्ने बताए। उनले माधवकुमार नेपालको नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र दलाल पुजीवादका विरुद्ध लडे त्यसलाई स्वागत गर्ने उनले बताए।

‘नेकपा एमालेको अभाव अरु कसैले पुरा गर्न सक्दैन। लोकतान्त्रिक एमाले, न्याय समानतामा योगदान गर्ने एमालेमा बाचेको पिढीले गर्ने हो,’ उनले भने।

प्रतिक्रिया
सम्बन्धित समाचार