६ असोज २०७८, बुधबार

एमालेको अडान : माग पूरा गरेर प्रतिनिधिसभा सुचारु गरौं (विज्ञप्तिसहित)

लेखाजोखा न्यूज
३० भाद्र २०७८, बुधबार १५:१९

काठमाडौं । नेकपा एमालेले आफ्नो मागलाई सम्बोधन गरेर संसद् चलाउन सरकार र सभामुखको ध्यानाकर्षण गराएको छ ।

महासचिव ईश्वर पोखरेलले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्रमुख प्रतिपक्षीका जायज मागलाई सम्बोधन गरी प्रतिनिधिसभालाई सुचारु गर्न सरकार र प्रतिनिधिसभाका सभामुखकोे ध्यानाकर्षण गर्दछ ।”

त्यस्तै, एमालेले सरकारले बजेटको विषयमा उदासीन र गैरजिम्मेवार चरित्र देखाएको आरोप लगाएको छ ।

‘यतिबेला हाम्रो पार्टी नेकपा (एमाले) सभामुखबाट भएको पदीय मर्यादाविपरीतको अनुचित कार्यका विरुद्धमा आफ्नो असहमति र विरोध प्रकट गर्दै आइरहेको छ । तर समाभुख र सरकारको तर्फबाट प्रतिपक्षको सहमतिबिना नै संसद्को‌ काम कारबाही अघि बढाउने काम भइरहेको छ . ‘प्रमुख प्रतिपक्षीका जायज मागलाई सम्बोधन गरी प्रतिनिधिसभालाई सुचारु गर्न सरकार र प्रतिनिधिसभाका सभामुखको ध्यानाकर्षण गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार