६ असोज २०७८, बुधबार

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ त कारोबार ?

लेखाजोखा न्यूज
३० भाद्र २०७८, बुधबार १३:५५

काठमाडौं। साताको चौथो दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्यमा आज छ सय रुपैयाँले वृद्धि भएर ९१ हजार दुई सय रुपैयाँ कायम भएको हो।

त्यस्तै, छापावाल सुन प्रति १० ग्राम ७८ हजार एक सय ९० रुपैयाँ कायम भएको छ। महासंघका अनुसार तेजाबी सुन प्रतितोला ९० हजार सात सय रुपैयाँ कायम भएको छ। तेजाबी सुन प्रति १० ग्रामको मूल्य ७७ हजार सात सय ६० रुपैयाँ कायम भएको छ।

महासंघले आज चाँदीको मूल्य स्थिर रहेर प्रतितोला एक हजार २ सय रुपैयाँ नै तोकेको छ। प्रति १० ग्राम चाँदीको मूल्य एक हजार २९ रुपैयाँ तोकिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार