६ असोज २०७८, बुधबार

नक्कली कपाल लगाउने बलिउडका स्टारहरू

लेखाजोखा न्यूज
३० भाद्र २०७८, बुधबार ०९:४५

काठमाडौं । बलिउड सेलिब्रेटीहरु कुशल अभिनयका साथ – साथै स्टाइल र लुक्सका कारण बढी चर्चामा आउने गर्छन। तिनै सेलिब्रेटीहरुको लुक्सको त कतिपयले कपि समेत गर्ने गर्छन्।

बलिउडका केहि अभिनेताहरु मात्र छन् ,जो रियलमा र चलचित्रको पर्दामा उस्तै देखिन्छन। तर केहि अभिनेताहरु भने आफ्नो लुक्सलाई सकेसम्म मेन्टेन गर्न कुनै कसुर बाँकी राख्दैनन्।

सलमान खान 

बलिउडका अर्का चर्चित अभिनेता हुन सलमान खान। उनलाई देश बिदेशका धेरैले फलो गर्छन। सलमानको पनि टाउकोमा निकै थोरै कपाल छ जुन केहि चलाचित्रमा पनि स्पष्ट देख्न सकिन्छ। यहाँसम्म कि सलमानले आफुलाई मेन्टेन गर्न हेयर ट्रिटमेन्ट गराएका छन् ।

रजनीकान्त
साउथ सुपरस्टार रजनीकान्त कुशल अभिनयका कारण बलिउड र साउथमा उतिकै चर्चित छन् । जनीकान्त  चलचित्रमा सुपरहिट त छन् नै, यसका अलावा उनि आफ्नो स्टाइलका कारण पनि चर्चित छन् ।

अक्षय कुमार 
बलिउडका खेलाडी अक्षय कुमार पछिल्लो समय अत्यन्तै रुचाईएका अभिनेता हुन। उनको लुक्सको खुलेरै तारिफ नगर्ने सायदै छन् ।  तर धेरैलाई थाहा छैन अक्षयको टाउकोमा निकै कम कपाल छ त्यसैले उनले हेयर ट्रान्सप्लान्ट गरेका छन्।

अमिताभ बच्चन
अभिनयका कारण देश दुनियाको नजरमा पर्न सफल अमिताभ बच्चनले धेरै बलिउड चलचित्रमा काम गरिसकेका छन। बढ्दो उमेरसंगै झरेको कपालका कारण उनि पनि टाउकोमा विक लगाउने गर्छन्।

कपिल शर्मा
बलिउडमा कमेडी किङका नामले चर्चित कपिल शर्माको पनि टाउकामा निकै कम कपाल छन्। उनले पनि आफ्नो कपालको सर्जरी गराएका हुन्।