६ असोज २०७८, बुधबार

अमेरिकामाथि नेपालको ५ विकेटको जित

लेखाजोखा न्यूज
२९ भाद्र २०७८, मंगलबार ०६:२२

काठमाडौं। आईसीसी विश्वक क्रिकेट लिग–२ मा अमेरिकालाई हराउँदै नेपालले जित निकालेको छ ।

गएराति ओमानको मस्कटस्थित अल अमारत क्रिकेट मैदानमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको हो । खेलमा कुशल भुर्तेल र रोहित पौड्यालको अर्धशतक प्रहार गरेका थिए ।

अमेरिकाले नेपाललाई जितका लागि दिएको २३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा लक्ष्य पूरा गर्‍यो । नेपालका लागि कुशल भुर्तेललले सर्वाधिक ८४ रनको अर्धशतकीय पारी खेले ।

९३ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै ८७ बल खेलेका रोहितले २ चौका र ३ छक्काको सहयोगमा ६२ रन बनाए । नेपालका लागि विनोद भण्डारीले रन बनाउँदा आसिफ शेखले २३ र कप्तान ज्ञानेन्द्र मल्ले १७ रनको योगदान गरे ।

बलिङतर्फ अमेरिकाका लागि निसागर पटेल र नाठुस कन्जिगेले समान दुई–दुई विकेट लिए । त्यस्तै सौरव नटराभल्कर एक विकेट लिए । यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३० रन बनाएको थियो ।

अमेरिकाका लागि पटेलले शतकीय पारी खेले । ११४ बल खेलेका उनले ९ चौका र १ छक्काको सहयोगमा १०० रन बनाए । त्यस्तै निसागर पटेलले २१ रन बनाए ।

त्यस्तै सुशान्त मोडानी र कारिमा गोरेले समान १६–१६ रनको योगदान गरे । अमेरिकाका लागि स्टिभ टेलरले १४ रन बनाउँदा अविशेक परादकरले १३ रन बनाए ।

बलिङतर्फ नेपालका लागि विक्रम सोब, सन्दीप लामिछाने र शुशन भारीले समान दुई–दुई विकेट लिए । त्यस्तै कुशल मल्लले एक विकेट लिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार