५ असोज २०७८, मंगलबार

एमाले छोड्दै प्रभु शाह

लेखाजोखा न्यूज
२८ भाद्र २०७८, सोमबार ०७:३८

काठमाडौं। नेकपा माओवादी केन्द्र छाडेर एमालेमा गएका नेता प्रभु शाहले एमाले पनि छाड्ने भएका छन् । शाहले अब एमालेमा बस्न नसकिने निष्कर्ष निकालेका हुन् ।

एमाले र माओवादीबीचको एकताबाट बनेको तत्कालीन नेकपामै रहँदा अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिएका र सर्वोच्च अदालतको फैसलाबाट नेकपा विघटनपछि पनि एमालेमै बसेका शाह अब एमालेमा पनि नबस्ने भएका हुन् ।

शाहले नयाँ दल दर्ताका लागि तयारी गरिरहेको पनि बताइएको छ । शाहले एमालेकै विचार र सिद्दान्तमा हिँड्न नसक्ने भन्दै आफूले एमाले छाड्ने निर्णय गरेको बताएका छन् ।

पार्टी एकता भएर नेकपा बनेपछिकै सिद्दान्तमा एमाले ब्युँतिएपछि पनि अगाडि बढ्नुपर्ने आफ्ना मागलाई एमाले अध्यक्ष ओलीले सम्बोधन नगरेकाले एमाले छाड्ने निष्कर्षमा पुगेको उनले बताएका छन् ।

अबको तीन महिनाभित्रै शाहको नेतृत्वमा नयाँ दल दर्ता हुने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार