६ असोज २०७८, बुधबार

मेरो सम्पत्तिबारे म आफैं कन्फ्युजमा छु, सम्पत्ति विवरण कसरी सार्वजनिक गरुँ : मनाङे

लेखाजोखा न्यूज
२७ भाद्र २०७८, आइतबार १८:३०

पोखरा । राजीव गुरुङ अर्थात् दीपक मनाङे गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्री नियुक्त भएको आइतबार ६० दिन पुगेको छ ।

भ्रष्ट्राचार निवारणसम्बन्धी ऐन, २०५९ अनुसार पदभार सम्हालेको दुई महिनाभित्र उनले सम्पत्ति विवरण सार्वजनिक गरिसक्नुपर्ने हो । तर, मन्त्री मनाङेले अटेरी गरिरहेका छन् ।

तेस्रो पटक मन्त्रालय सम्हालेको ६० दिन पुगेको अवसरमा आइतबार उनले पत्रकार सम्मेलन राखेका थिए । त्यस क्रममा मन्त्री मनाङेले ६० दिनमा आफूले गरेको काम र आगामी योजना सुनाए ।

मन्त्री मनाङेले सम्पत्ति सार्वजनिक गर्न खोजे पनि आफूसँग के छ ? के छैन भन्नेबारे नै ‘कन्फ्युज’ भइरहेको जवाफ फर्काए । ‘मेरो सम्पत्तिबारे म आफैं कन्फ्युज छु । मेरो के छ ? के छैन ? जम्मै पहिलेको श्रीमती, छोराछोरीको नाममा राखिदिइसकेको छु । मेरो भनौं भने मलाई एक आना जग्गा दिने पनि होइनन्,’ उनले भने ।

मन्त्री मनाङेले ‘केटा’हरुलाई थुप्रै लगानी गरिदिएको तर, त्यताबाट पनि सम्पत्ति फिर्ता नआएको बताए ।आफूसँग भएको केही सम्पत्ति पनि मुद्दा मामिलामा रहेको मनाङेले बताए ।

मनाङेले ०७० सालमा अवैध सम्पत्ति राखेको आरोपमा मुद्दा खेपेका थिए । तर, ०७४ सालमा विशेष अदालतबाट सफाइ पाए । आफूमाथि प्रहरीले रिस गरेर सम्पत्ति शुद्धीकरणको मुद्दा लगाएको मन्त्री मनाङेले टिप्पणी गरे ।

आफूले ५८ सालदेखि नै व्यापार छोडेको, अहिले कुनै व्यापार, व्यवसाय नरहेको र अब व्यापारमा फर्किने सोचमा रहेको मन्त्री मनाङेले सुनाए ।

मन्त्री मनाङेले सम्पत्ति विवरण सार्वजनिक गर्ने वा नगर्ने केही बोलेनन् । आफूसँग सम्पत्ति भए पनि मुद्दा मामिला रहेको भन्दै उनी पत्रकार सम्मेलन सकिएको भन्दै बाहिरिए ।मय अझै १० दिन बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार