काठमाडौं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से ७१.४३ अङ्कले बढेर दुई हजार ९ सय ४७.४२ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक ‘सेन्सेटिभ इन्डेक्स’ १३.०३ बिन्दुले बढेर ५ सय ४८.२९ मा पुगेको छ । कूल २३१ कम्पनीको एक करोड ७१ लाख ३ सय ३३ कित्ता शेयर रु नौ अर्ब ४४ करोड ३५ हजार २ सय ४४ मूल्यमा खरिद बिक्री भए ।
कारोबार भएका १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषको मात्रै ०.०५ बिन्दुले ओरालो लागेको छ । बैंकिङ २४.२, व्यापार ४२, होटल तथा पर्यटन ७७.४८, विकास बैंक २ सय ७२.५२, जलविद्युत् २ सय १३.५४, वित्त १ सय १४.९७, निर्जीवनबीमा ४ सय २४.७७, उत्पादन २ सय ९९.६९, अन्य १८.२२, लघुवित्त १ सय १३.६५, जीवन बीमा २ सय ९७.७१ र लगानी २.३५ बिन्दुले उकालो लागेको छ ।
कारोबारका आधारमा आज अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ७३ करोड ७७ लाख आठ हजार ६ सय ८५ बराबरको कारोबार भयो । युनाइटेड मोदी रु ४५ करोड ११ लाख १७ हजार २ सय २९, अपि पावर कम्पनी रु ३१ करोड ५१ लाख ६४ हजार २ सय ३६, नेशनल हाइड्रोपावर रु २९ करोड ३४ लाख ७७ हजार २ सय २३ र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु २५ करोड ७२ लाख १३ हजार १ सय ७४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
नौ कम्पनीका शेयरमा सर्किट
नेप्सेका अनुसार आज विभिन्न नौ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यसमा नेशनल हाइड्रोपावर, राष्ट्रिय बीमा कम्पनी, फस्ट माइक्रोफाइनान्स, अपि पावर कम्पनी, अरुण काबेली पावर, छयाङदी हाइड्रोपावर, पाँचथर पावर कम्पनी, लिवर्टी इनर्जी कम्पनी, सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयर १० प्रतिशतले वृद्धि भयो ।
यस्तै, सिटजन म्युचुअल फण्ड ३.५८, रैराङ हाइड्रोपावर २.२४, एनआइसि एशिया ग्रोथ फण्ड २.०५, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम १.९६, एनआइसि एशिया फण्डका लगानीकर्ताले १.९५ प्रतिशतले गुमाए । आजको कारोबारपछि बजार पूँजीकरण रु ४१ खर्ब २४ अर्ब ८९ करोड ४६ लाख ४२ हजार ८ सय ५८ बराबर पुगेको छ ।