५ असोज २०७८, मंगलबार

पहाड र प्रेम : २७

लेखाजोखा न्यूज
१९ भाद्र २०७८, शनिबार १२:४१

डा . दामाेदर पुडासैनी

समयभन्दा वेगसँग
बुर्कुसी मारिरहेछन् घोडाहरू
घोडाभन्दा बेजोडले
उकालो चढिरहेछन् मान्छेहरू
हामीले भेटेको बाटो
झन्–झन् फैलिँदै छ
नयाँ उचाइको खोजीमा
सपनाहरू
रेडियोका आवाज बनेर आउँछन् यतातिर
कि आउँछन् नेताका चर्का भाषण बनेर
सपनाका भारी बोक्दाबोक्दै
क्षत–विक्षत बनेको विपनाको बर्को ओडेर
कहाँ निदाउन सकेका छौँ र हामी
समयको सिकुवाम

बगिरहेका सङ्लाे नदि जस्ताे

फैलिदै फैलिदै अघि बढोस् देश

अनन्त प्राणवायु फैलाउँदै
चलमलाइरहुन् देशका समस्त शिरा धमनी

बटवृक्षका पातजस्तै
कामना गरिरहेछु

शरीरका कुनै पनि अङ्ग
कहाँ एक्लै बस्न सक्छन् र
अनकन्टार टापुजस्तै

छुट्टै भँगालो होइन
एउटै बहाव खोजिरहेछु अनन्तसम्म

मैले कोरेको रङको आयतनमा
म मात्र होइन
वायुपङ्खी वेगमा

निरन्तर उकालो चढिरहेको हुनेछ
समस्त देश ।

कविता गाउ“, लुम्ले, कास्की

२०६५ चैत १५