५ असोज २०७८, मंगलबार

भोलिबाट फिल्म हल खुल्ने

लेखाजोखा न्यूज
१६ भाद्र २०७८, बुधबार १९:०९

काठमाडौं सरकारले कोरोना महामारीको जोखिमलाई कम गर्न, निषेधाज्ञाका कारण फिल्म हलहरु खुल्न पाएका छैनन्। गत वर्ष चैतमाभएको लकडाउनपछि सिनेमा हलहरु सञ्चालनमा आएका छैनन्। बीचमा केही समयलाई हल सञ्चालनको अनुमति दिइए पनि संक्रमणबढेपछि हलहरु बन्द गरिएको थियो। 

बिहीबार (भोलि)बाट भने फिल्म हल सञ्चालन गर्न पाइने भएको छ। बुधबार काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले भदौ १७ (भोलि)बाट स्वास्थ्य मापदण्ड पालना गरी फिल्म हल सञ्चालन गर्न दिनेनिर्णय गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार