२० मंसिर २०७९, मंगलबार

वाग्मतीसँगै विभिन्न चार प्रदेशमा भारी वर्षाको सम्भावना

लेखाजोखा न्यूज

४ भाद्र २०७७, बिहिबार ७:३६

काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ । प्रदेश १, प्रदेश ५ र कर्णाली प्रदेश तथा आसपासका भू–भागका केही स्थानहरुमा वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टामा वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend